करार खारेज
कुनै काम लिखित रुपमा जिम्मा लिने काम वा त्यसरी जिम्मा लिएको दायित्व,जिम्मा लिन गरिने लिखत प्रतिज्ञा वा कबुललाई करार भनिन्छ । एकपक्षले अर्को पक्षलाई कुनै सेवा वा कामको अभिभारा सुम्पिदा दुवै पक्षले करार गरी सही गरेको लिखत चाँहि कबुलनामा वा पुरा पढ्नुहोस् “करार खारेज”
ठेक्का
समयमा कुनै काम पूरा गर्न गरिएको बोल कबोललाई ठेक्का भन्दछन् । व्यवसाय सञ्चालन गर्दा कुनै काम पूरा गर्न,कुनै वस्तु ल्याउन वा पठाउन, ढुवानी गर्न आदि कामका लागि ठेक्का दिने गरिन्छ । व्यवसायिक संस्थाको काम अनुसार कतिपय अवस्थामा ठेक्का लगाउन पर्ने पुरा पढ्नुहोस् “ठेक्का”
ग्राहक
व्यवसायबाट उत्पादित कुनै वस्तु वा कुनै व्यवसायबाट दिइने सेवा किन्ने अर्थात लिने व्यक्ति ग्राहक हुन् । व्यवसायको लागि ग्राहक सबैभन्दा महत्वपूर्ण मानिन्छ । किनकि ग्राहकले वस्तु वा सेवा किन्दछ । वस्तु वा सेवा बिक्रि भए मात्र व्यवसाय चल्छ र नाफा पुरा पढ्नुहोस् “ग्राहक”
कर्मचारी विवाद
काम गर्दा कहिलेकाँही कम्पनी र कर्मचारी बीच केही असमझदारीहरु आउन सक्दछन् । यही असमझदारी बढ्नु विवाद हो । तोकिए अनुसारको अर्थात करारनामामा उल्लेख भए अनुसार एक अर्का पक्षले काम नगर्नु, काममा स्पष्टता र पारदर्शिता नहुनु, पक्षपात हुनु, काम लगाउने र पुरा पढ्नुहोस् “कर्मचारी विवाद”
कर्मचारी व्यवस्थापन
कुनै व्यवसायिक फर्म वा कम्पनीले कर्मचारीहरुको छनोट, नियुक्ति, सेवा सुविधा, सरुवा, वढुवा कामको मूल्यांकन, अभिलेख व्यवस्था आदि सबैको व्यवस्था मिलाउने काम कर्मचारी व्यवस्थापन हो । यसले कर्मचारीको कामलाई व्यवस्थित गर्न,निष्पक्ष,पारदर्शी र नीतिसम्मत बनाउन मद्दत पुग्दछ ।
कर्मचारीहरुको व्यवस्थापन गर्ने तरिका पुरा पढ्नुहोस् “कर्मचारी व्यवस्थापन”
तलब र शर्त
कर्मचारीलाई काम बापत दिइने पैसा तलब हो। काम गरे पछि काम गर्ने मानिसले तलब पाउनु पर्दछ। जीवन निर्वाह अर्थात खान ,लाउन,आवासको व्यवस्था गर्न, बालबच्चाहरु पढाउन, औषधोपचार आदि जीवनका विभिन्न आवश्यकताहरु पूरा गर्न तलबको महत्व छ।आफ्नो आर्थिक उन्नतिको लागि पनि तलबले पुरा पढ्नुहोस् “तलब र शर्त”
कर्मचारी भर्ना
भर्ना भनेको संभावित कर्मचारीहरुको खोजी गरी र प्रक्रिया पूरा गरी कुनै संगठन वा व्यवसायमा कर्मचारी नियुक्त गर्नु हो । व्यवसायमा त्यसको दर्ता र व्यावसायिक योजना पछिको अर्को महत्वपूर्ण काम त्यसको कार्यान्वयन वा कार्य सञ्चालन हो । त्यसका लागि कर्मचारीहरुको आवश्यकता पुरा पढ्नुहोस् “कर्मचारी भर्ना”
प्रविधिको प्रयोगबाट के कस्ता फाइदा हुन्छ?
आज कोरोना कहरले मानिसको दैनिकी फेरिएको छ। जीवन जिउने, दैनिकी चलाउने, रोजगारीलाई समयसापेक्ष तरिकाले चलाउने साथै सामान किनबेच गर्ने तरिकमा धेरै नै फेरबदल हुन थालेको छ। हिजोआज मानिसले विभिन्न अनलाइनबाट घरघरमा नै चाहिने दैनिक उपभोग्य वस्तु तथा खाद्यान्न, लत्ताकपडा, फलफूलदेखि पुरा पढ्नुहोस् “प्रविधिको प्रयोगबाट के कस्ता फाइदा हुन्छ?”
साइबर अपराधबाट कसरी बच्ने?
इन्टरनेट र मोबाइल फोनको पहुँच बढेसँगै फेसबुक, युट्युब, ट्विटर, भाइबर, इमो, आदि सामाजिक सञ्जालमा नेपाली युवाको सक्रियता पनि बढिरहेको छ। यो सँगै विद्युतीय अपराध पनि बढ्दो छ। कोरोना महामारीले गर्दा फुर्सदले यस्ता अपराधलाई अझै बढावा दिइरहेको छ।
कोरोना भाइरसको सङ्क्रमण पुरा पढ्नुहोस् “साइबर अपराधबाट कसरी बच्ने?”
साइबर अपराध
के हो साइबर अपराध?
कम्प्युटर/मोबाइल तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक क्रियाकलापलाई नै साइबर अपराध भनिन्छ।
के के पर्छ?
- सामाजिक सञ्जालहरू ह्याक गर्ने, धम्की दिने वा गाली गर्ने
- अश्लील तस्बिर सेयर गर्ने
- चरित्र हत्या गर्ने
- मन्जुरी बिना