व्यावसायिक योजना बनाउनुका फाइदाहरू
व्यवसायको सम्भाव्यताको अध्ययन र विश्लेषणको आधारमा कुनै व्यवसाय छनोट भइसकेपछि उक्त व्यवसाय कहाँ गर्ने ? के कस्तो अनुभव र जनशक्ति चाहिन्छ ? व्यवसायमा के कति लगानी गर्नुपर्छ ? र त्यसबाट कति फाइदा हुन्छ ? यस्तै आदि सम्बन्धी विवरणहरूको विस्तृत स्वरूप पुरा पढ्नुहोस् “व्यावसायिक योजना बनाउनुका फाइदाहरू”
व्यवसायका प्रकार
उद्यम वा व्यवसाय विभिन्न किसिमका हुन्छन्। औद्योगिक व्यवसाय ऐन २०७३ मा उद्योग वा व्यवसायलाई त्यसको सेवा, प्रकृति लगानी आदिको आधारमा विभिन्न प्रकारमा वर्गीकरण गरिएको छ।
१.प्रकृतिका आधारमा व्यवसाय
प्रकृतिका आधारमा व्यवसायहरू फरक-फरक हुन्छन् । जस्तै:
क) कृषिमा आधारित
अन्नबाली, तरकारी, पुरा पढ्नुहोस् “व्यवसायका प्रकार”
व्यवसायको परिचय
आम्दानी कमाउने उद्देश्यले गरिने उत्पादन, निर्माण तथा सेवा आदि क्रियाकलाप नै व्यवसाय हो। यसलाई नाफा आर्जन गर्नका लागि गरिने सङ्गठित प्रयास भनिन्छ। पेसा, इलम, रोजगार, उद्यम सबै शब्दले व्यवसायलाई नै बुझाउँछन्। पैसा वा सम्पत्ति आर्जन गर्ने एउटा तरिका वा माध्यम पुरा पढ्नुहोस् “व्यवसायको परिचय”
व्यवसाय छनोट कसरी गर्ने ?
कुन व्यवसाय गर्ने भनेर निर्णय लिने भनेको व्यवसायको छनोट हो। व्यवसायको छनोट गर्दा निम्न मुख्य कुराहरुमा विचार गर्नु पर्दछ।
जस्तै :
- आफ्नो रुची र परिवारको सहमति
( आफ्नो रुची त्यसमा छ छैन र परिवारको सहमति कस्तो छ? )
- आफ्नो ज्ञान,
व्यवसाय कहाँ गर्ने ? व्यवसायको लागि उचित स्थान यसरी पत्ता लगाउनुहोस् :
हामीले हाम्रो दैनिक जीवनमा विभिन्न किसिमको व्यवसाय गरिरहेका व्यक्ति, उद्योग व्यवसायहरू देख्छौँ। कुनै व्यवसाय राम्रोसँग चलिरहेको हुन्छ भने कुनै व्यवसाय मुस्किलले अलिअलि मात्रा।
एउटा सामान्य किराना पसलको नै उदाहरण लिऊँ न, कुनै पसल ग्राहकहरूले भरिभराउ, पसलेलाई नै भ्याईनभ्याई भएको देखिन्छ पुरा पढ्नुहोस् “व्यवसाय कहाँ गर्ने ? व्यवसायको लागि उचित स्थान यसरी पत्ता लगाउनुहोस् :”
नयाँ व्यवसायका लागि सल्लाह र सहयोग कसरी लिने?
नयाँ व्यवसाय सुरुवात गर्नुअघि नै सबैलाई सबै कुराको ज्ञान नहुन सक्छ। पहिलो अनुभव भएका कारण व्यवसायको योजना बनाउनदेखि लाग्ने लगानी जुटाउन, त्यसलाई दर्ता गर्न, कार्यालय स्थापना गर्न र चाहिने मेसिन उपकरणहरू जुटाउन, आवश्यक सीप हासिल गर्न, व्यवसाय सञ्चालन तथा व्यवस्थापन पुरा पढ्नुहोस् “नयाँ व्यवसायका लागि सल्लाह र सहयोग कसरी लिने?”
बौद्धिक सम्पत्तिको अधिकार
सबै व्यवसायीले फरक-फरक काम नै त गर्न सक्दैनन् तर, त्यही नै व्यवसाय फरक तरिका र नयाँपनमा अवश्य गर्न सक्दछन्। यसरी व्यवसायमा फरकपन दिनु नै व्यवसायीको विशेषता हो। आफ्नो व्यवसायमा कुनै नयाँपन दिइएको छ भने त्यो व्यवसाय सञ्चालन गर्ने मानिसको बौद्धिक पुरा पढ्नुहोस् “बौद्धिक सम्पत्तिको अधिकार”
उद्योगको जानकारी
सीप साधनको प्रयोग गरी सानो तथा ठूलो परिमाणमा वस्तुहरूको उत्पादन गर्ने कार्यलाई उद्योग भनिन्छ । रोजगारी र निर्यात प्रवर्धन गरी देशको आर्थिक विकास गर्न उद्योगको विकास आवश्यक छ। उद्योगलाई देश विकासको मेरुदण्ड मान्न सकिन्छ। बेरोजगारी कम गरी गरिबी निवारणमा उद्योगको पुरा पढ्नुहोस् “उद्योगको जानकारी”
व्यावसायिक जोखिम व्यवस्थापन र बीमा
व्यक्ति, परिवार वा समुदायलाई हानी नोक्सानी वा दुःख हुने अवस्था आउनु जोखिम हो। भूकम्प, बाढी, पहिरो, आगलागी, हुरी बतास, दुर्घटना, रोगब्याधी जस्ता आकस्मिक रूपमा आइपर्ने घटनाहरू सबै जोखिम हुन्। यस्ता घटनाहरू कहिले आइपर्दछन् भन्ने ठेगान हुँदैन, आकस्मिक रूपमा आइपर्दछन्। व्यवसाय पुरा पढ्नुहोस् “व्यावसायिक जोखिम व्यवस्थापन र बीमा”
आफ्ना कर्मचारीलाई कसरी प्रोत्साहन गर्ने ?
कुनै पनि व्यवसायमा कर्मचारीहरूले आफूले परिश्रम गरे बापत केही पाउने आशाका साथ काम गरिरहेका हुन्छन्। त्यसैले जुनसुकै व्यवसायले आफ्ना कर्मचारीहरूले सेवा प्रदान गरेबापत उनीहरूलाई केही न केही पारिश्रमिकको व्यवस्था गर्नुपर्छ। जसरी व्यवसायको उद्देश्य अनुसार आफ्नो सीप र क्षमताको प्रयोग गरी पुरा पढ्नुहोस् “आफ्ना कर्मचारीलाई कसरी प्रोत्साहन गर्ने ?”